काठमाडौँ, २३ असार : कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको सोमबार समापन गर्दै देउवाले दुई ठूला दलबीच गठबन्धन भएकाले समस्या आउने तर त्यसलाई समाधान गरेर लैजाने बताए ।
‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ उनले भने । देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने विश्वास दिलाए । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए ।
देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ नदिइ गठबन्धन पूरा समय टिक्ने बताएका हुन् ।