काठमाडौँ, १९ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टी नेतृत्वका विषयमा नलागी विधान महाधिवेशनमा जुट्न निर्देशन दिनुभयो ।
“पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोहि अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला”, महासचिव पोखरेलले भन्नुभयो, “सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ ।”
उहाँले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्न आग्रह गर्नुभयो । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलका बाबजुद पार्टीका सदस्यता नवीकरणदेखि आन्तरिक साङ्गठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहले एमाले नेतृत्वको सङ्घ र प्रदेश सरकारले गरेको राम्रा कामको प्रचारमार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












