07/03/2025, 13:41:05

प्रधानमन्त्री ओली नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा


मेड्रिड (स्पेन), १९ असार : स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्कनुभएको छ ।

प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावासस्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया) को सम्मेलनमा पुग्नुभएको थियो । यही असार १४ गते स्पेनका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौँ फर्कनुहुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ