06/20/2025, 16:23:51

बरण्डाबाट लडेर मृत्यु


धनकुटा, ६ असारः घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ । धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो ।

आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ । उच्च रक्तचापकी बिरामी रहेकी उहाँ बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ