06/12/2025, 20:13:21

युगल गायनमा पनि जम्दै चिकित्सक र अधिबक्ताको सफल जोडी (भिडियो सहित )


२८ जेठ, काठमाडौं : मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन।

पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन।

लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप ‘ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता बिस्वस्त रहेकी छिन।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ