कैलाली, २७ जेठः नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उहाँले कोभिड लगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताउनुभयो ।
गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताउनुभयो । जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उहाँले अवगत गराउनुभयो ।
उहाँले भन्नुभयो, “सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।” गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












