06/09/2025, 15:21:58

भारतमा कोरोना संक्रमितको संख्या नाघ्यो ६ हजार


काठमाडौँ, २६ जेठ :  केही दिनयता भारतमा कोरोना संक्रमण बढिरहेको छ । त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा रहेका छन् । केरलमा सक्रिय संक्रमित संख्या १ हजार ९ सय ५० पुगेका छन् । त्यस्तै गुजरातमा ८२२, पश्चिम बंगालमा ६ सय ९३ र दिल्लीमा सक्रिय संक्रमितको संख्या ६ सय ८६ पुगेको छ । जनवरी १, २०२५ देखि भारतमा कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर दुई सातादेखि पूर्वतयारी गरिरहेको बताएका छन् । उनले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ