मङ्गलबार, पुष ०९, २०८१

बूढानीलकण्ठमा देउवाले बोलाए पदाधिकारी बैठक


२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् । एक पदाधिकारीका अनुसार बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो । देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका एक नेताले बताए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading