काठमाडौँ, २५ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकका हिमाल र हिमशृङखला हेरेर आँखालाई रमाइलो तुल्याउने मात्र नभई यसलाई साहसिक पर्यटनसँग जोडेर विश्वमा चिनाउने वतावरण बनाउन सकिएमा त्यो अर्थपूर्ण हुने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले भन्नुभयो,“ तीन वर्षदेखि राससले विभिन्न शीर्षकमा तस्बिर प्रदर्शनीका माध्यमद्वारा देशबारे नेपालीलाई चिनाउने र प्रवद्र्धन गर्ने कार्यसराहनीय छ । राससमा आएर देशका यी अमूल्य निधिबारे बुझने अवसर सवैलाई प्राप्त भएको छ ।”
त्यसअघि अध्यक्ष दाहाललाई प्रदर्शनीस्थलमा स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट देशका हिमालको महत्त्व र तिनको सौन्दर्यबारे जानकारी लिन प्रदर्शनी उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












