06/06/2025, 23:39:47

बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान : कांग्रेस सभापति देउवा


महेन्द्रनगर (धनुषा), २३ जेठ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताउनुभएको छ ।

कांग्रेसका दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृति दिवसको अवसरमा आज धनुषाको धनुषाधाममा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा उहाँले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गर्नुभयो ।

सभापति देउवाले संविधानसम्मत ढङ्गले बनेको सरकारलाई कमजोर पार्ने प्रयास अनुचित भएको भन्दै गठबन्धन स्थायीत्वको बाटोमा अघि बढिरहेको बताउनुभयो । पछिल्ला दिनमा प्रतिनिधिसभामा देखिएको अवरोधप्रति विरोध जनाउँदै उहाँले भन्नुभयो, “गठबन्धन सरकार संविधानअनुसार नै बनेको हो ।

आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सभापति देउवाले सरकारले ल्याएको बजेट सन्तुलित, समावेशी र उत्पादनमुखी रहेको बताउनुभयो । समग्र आर्थिक विकासमा बजेटले योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “बजेटले विकास, रोजगारी र समावेशी योजनालाई प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ