06/03/2025, 11:21:35

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो


वासिङ्टन, १८ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाउनुभएको छ । शनिबार ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गरिने बताएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ, “नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु । म चाँडै नै नयाँ मनोनीतको घोषणा गर्नेछु । नयाँ उम्मेदवार छिट्टै मिसनमा आबद्ध हुनुहुनेछ र अमेरिकालाई अन्तरिक्षको दोडमा पहिलो स्थानमा राखिरहन नेतृत्व गर्नुहुनेछ।

गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुखको रूपमा मनोनित गर्नुभएको थियो । सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलको अन्त्यमा उहाँको नामाङ्कनलाई अनुमोदन गरेको थियो।

मस्कका निकट सहयोगी तथा उहाँको कम्पनी स्पेसएक्सका महत्वपूर्ण सेवाग्राही आइज्याकम्यानले कम्पनीबाट करोडौं डलरमा थुप्रै निजी अन्तरिक्ष उडान किन्नुभएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ