06/01/2025, 01:40:14

‘ऊनको स्वीटर’को अहिलेसम्मको कमाइ कति ?


१६ जेठ, काठमाडौं : फिल्म ‘ऊनको स्वीटर’ले तेस्रो सातासम्म देशभर १० करोड ५ लाख रुपैयाँको व्यापार गरेको छ । निर्माण टिम आर्टमान्डूले फिल्मको पछिल्लो आँकडा सार्वजनिक गरेको हो ।

चौथो सातामा प्रवेश गरेको फिल्मले अहिलेसम्म देशभर एक समयभन्दा बढी शो पाएको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, माओत्से गुरुङ, भावना खपाङ्गी मगर र सुनिल पोखरेल लगायतको अभिनय छ ।

यो अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो । फिल्मलाई पाँचथर र इलामका सुन्दर भूगोलहरूमा खिचिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ