काठमाडौँ, १० जेठः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निःस्वार्थ, त्यागी र तपस्वी नेता खगेन्द्रराज रेग्मीको योगदान जनतासामु लैजान पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ ।
स्याङ्जाका पूर्वसभापति रेग्मीको आज आयोजित प्रथम स्मृति सभामा उहाँले नेपाली कांग्रेसप्रति समर्पित भई नेता रेग्मीले पार्टीको सङ्गठन विस्तारका काम योगदान गरेको स्मरण गर्नुभयो ।
“विद्यालयमा अध्यापन गर्दादेखि नै रेग्मीलाई मैले चिनेको र नेविसङ्घ दर्ता गर्ने सिलसिलामा घरमै पुगेर भेटेको हो, उहाँमा कुनै पनि किसिमको लोभलालचा थिएन”, रेग्मीसँगको पुरानो भेटबारे सभापति देउवाले भन्नुभयो, “नेता रेग्मीले त्यसबेला स्याङ्जामा पार्टीको आन्तरिक जीवनभित्र देखिएका समस्या सुल्झाउनुभएको थियो । उहाँ पार्टीप्रति समर्पित मेरो अनन्य मित्र हुनुहुन्थ्यो ।”

कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङले जन्मदिने मातापिता, कर्मदिने धर्ती र ज्ञान दिने गुरु भगवान् सरह हुन्छ भन्ने मान्यताअनुरुप रेग्मी आफूहरूको पूजनीय गुरु रहेको स्मरण गर्नुभयो । “राजनीतिमा आँधीबेहरी चल्दा पनि त्यसलाई छिचोलेर अघि बढ्नुपर्छ भन्ने ज्ञान र प्रेरणा उहाँबाट प्राप्त भएको हो”, गुरुङले भन्नुभयो ।
उपसभापति गुरुङले आफूले राजनीतिमा देश र जनताप्रति गर्नुपर्ने कर्तव्य पालना, गन्तव्य र लक्ष्य प्राप्तिका लागि अविरल अघि बढ्ने शिक्षा स्व रेग्मीबाटै प्राप्त गरेको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














