05/22/2025, 20:38:46

सेयर बजार १९.०४ अंक बढे, नेप्से २६८८ अंकमा, ९ अर्ब ८२ करोडको कारोबार


८ जेठ, काठमाडौं । बिहीबार बैंकिङ सेक्टरले सेयर बजारलाई उचालेको छ । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्र परिसूचक नेप्से बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से १९.०४ अंक बढेको छ । सो वृद्धिपछि २६८८ मा कायम भएको छ । दिउँसो १२ : ४३ बजे नेप्से २७०५ अंकसम्म पुगे पनि अन्ततः २७ सयमाथि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८२ करोडमा खुम्चियो ।

१०४ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ सेक्टरका अलवा आज माइक्रोफाइनान्स २.५८ प्रतिशत बढ्यो । निर्जीवन बीमा स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया बैंकको ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ तथा कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो । बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, कुमारी बैंक, युनिभर्सल पावर र माउन्टेन इनर्जी रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ