05/20/2025, 20:43:47

डिजिटल अफेयर्स : कस्ता छन् त असर र जोखिम ?


६ जेठ, काठमाडौं : डिजिटल अफेयर्स, जसलाई अनलाइन अफेयर्स वा साइबर अफेयर्सका रुपमा पनि लिइन्छ । यसले त्यस्ता रोमान्टिक र इन्टिमेट सम्बन्धलाई दर्शाउँछ जो डिजिटल माध्यमबाट जोडिन्छन् । जस्तै सामाजिक सञ्जाल, म्यासेजिङ एप र अनलाइन प्लेटफर्मका माध्यमबाट जोडिन्छन् । पछिल्लो समय युवा युवतीमा डिजिटल अफेयर्स सामान्य बन्दै गएको छ ।

इन्टरनेट, स्मार्ट फोनका प्रयोग कर्ता बढ्नु, इन्टरनेटको पहुँच सस्तो र सहज हुनु लगायतका कारण यस्तो अफेयर्स बढ्दै गएको विश्लेषकहरु बताउँछन् । जसकारण मानिसहरुका लागि अनलाइनमा एक अर्कासँग जोडिन सहज भएको छ ।

अहिले अधिकांश युवायुवतीका लागि म्यासेजिङ एप र अनलाइन डेटिङ एप प्रयोग गर्नु सामान्यजस्तै भएको छ । यस्ता एपहरुमा व्यक्तिका बारेमा राखिएका जानकारी, सौख र अन्य कुराहरु मिलेको खण्डमा मानिसहरु एक अर्कासँग साथी बन्छन् ।

विशेषगरी सहरी क्षेत्रमा यस्ता अफेयर्सहरु बढी पाइन्छन् । यसको मुख्य कारण बदलिँदो सामाजिक परिवेश बताइन्छ । पछिल्लो केही दशकयता सहरी क्षेत्रमा बढिरहेको तीव्र बसोबास, शिक्षा र चेतनाको विकास तथा खुला समाजका कारण पनि मानिसहरु हरेक दिन केही नयाँ खोज्ने ध्याउन्नमा हुन्छन् । यस्तै नयाँ खोज्ने क्रममा नै मानिसहरु डिजिटल माध्यमबाट सम्बन्धहरुमा जोडिन पुग्छन् ।

कस्तो असर देखिन सक्छ?

डिजिटल अफेयर्स अगाडि बढ्दै जाँदा भविष्यमा भिन्न–भिन्न रुप लिन सक्छन् । जस्तै क्याजुअल अनलाइन इन्टरेक्शनदेखि गहिरो इमोशनल कनेक्शनसम्म । केही मानिसहरु त जिस्किने र यौन दुर्व्यवहारसम्म पनि पुग्छन् । केही आफ्नो अनलाइन पाट्नरसँग बलियो भावनात्मक सम्बन्धमा जोडिन सक्छन् । केही अवस्थामा भने डिजिटल अफेयर्स अफलाइन भेटघाट र शारीरिक सम्बन्धसम्म पनि पुग्न सक्छन् ।

डिजिटल अफेयर्सका जोखिम

यसलाई लिएर कयौं विषय गम्भीर छन् । जस्तै इन्टिमेसी, भरोसा र सीमा । यस्ता सम्बन्धहरुलाई लामो समयसम्म टिकाइराख्न मुस्किल हुन्छ । प्राय धोका, स्क्याम वा कुनै फसाउने योजना भएको गुनासाहरु सुन्नमा आउँछन् । डिजिटल अफेयर्सलाई हनी ट्र्यापको माध्यम पनि बनाउने गरिएको पाइन्छ ।

यस्तोमा कसैसँग डिजिटल माध्यमबाट जोडिएर जीवन साथी बनाउने सोच छ भने पहिला जोडिन चाहेको व्यक्तिलाई राम्रोसँग बुझ्नुहोस्, उसका बारेमा जाँच गर्नुहोस् र उपयुक्त लागेमा मात्र जोडिनुहोस् । नत्र रहरै रहरमा जोडिएको सम्बन्धले तपाईंलाई कुनैबेला गम्भीर समस्यामा पार्न सक्नेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ