05/13/2025, 21:11:09

कारको ठक्करबाट बालकको मृत्यु


सिन्धुली, ३० वैशाख : दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ