१३ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे संघीय संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हवाई क्षेत्रसँग सम्बन्धित जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस प्रस्तुत गर्ने कार्यसूची पनि छ।
उक्त प्रस्तावमा सांसदहरू डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कांसकारले समर्थन गर्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनका समानुपातिक सांसद श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा गत साउन २१ गते निधन भएकोमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















