10/23/2025, 02:07:26
बुधबार, कार्तिक ०६, २०८२

प्रधानमन्त्री ओलीको उपस्थितिमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ


काठमाडौँ, २७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिनुभएको हो ।

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराउनुभएको हो ।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत उपस्थित हुनुहुन्थ्यो ।