05/07/2025, 00:39:54

फिल्म ‘ऊनको स्वीटर’को सेन्सर पास


काठमाडौँ, २३ वैशाख : फिल्म ‘ऊनको स्वीटर‘को सेन्सर पास भएको छ । मंगलबार सेन्सर बोर्ड ‘युनिभर्सल‘ प्रमाण पत्र प्रदान गरेको हो ।

वैशाख २६ देखि प्रदर्शनमा आउने यो फिल्मलाई अब सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । आर्टमाण्डूका नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्ममा अभिनेता विपिन कार्की र मिरुना मगरको प्रमुख अभिनय छ ।

२ घण्टा २७ मिनेट लामो यो फिल्म प्रेमकथामा आधारित छ । यो फिल्म गीतहरूका कारण पनि चर्चित छ । यसअघि फिल्म प्रदर्शन ताका ‘फूल’ शीर्षकको गीत चर्चामा थियो भने प्रदर्शनको संघारमा ‘काफ्ले’ निकै हिट छ । यसअघि ‘मखमली’ बोलको गीत पनि चर्चामा आएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ