सोमबार, पुष ०८, २०८१

मर्स्याङ्दीमा खसेको बसका यात्रुको उद्धार कार्य सुरु


७ भदौ, काठमाडौँ । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको छ । बसमा सवार यात्रुहरुको उद्धार कार्य सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० देखि ११ जनासम्मको ज्यान गएको छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस साढे ११ बजेतिर बाटोबाट करिब डेढसय मिटर तल नदीमा खसेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका –२ मा पर्ने ऐनापहरा भन्ने ठाउँबाट पृथ्वी राजमार्गबाट बस नदीमा खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

“अहिले उद्धार सुरु भएको छ, यति नै यात्रु भन्ने खुलेको छैन, ४० जनाभन्दा बढी रहेको अनुमान छ” उहाँले भन्नुभयो, “अहिले उद्धार सुरु भइसकेको छ ।”


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading