04/21/2025, 02:50:18

प्रदीप खड्का स्टारर ‘पिताम्बर’ को दोस्रो सप्ताहन्तसम्म कमाइ कति ?


काठमाडौँ, ७ वैशाख : प्रदीप खड्का स्टारर ‘पिताम्बर’ ले घरेलु बक्सअफिसमा दोस्रो सप्ताहन्तसम्म देशब्यापी सुखद कमाइ गरेको छ । कृषा चौलागाईं निर्देशित यो फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका छ । सौगात मल्ल, दयाहाङ राई, दिब्या रायमाझी, अनुपविक्रम शाही, दिब्यदेव पन्त लगायतका सहायक कलाकार यसमा छन् ।

स्टारकास्ट, हाइप र मेकरको सूचक हेर्दा फिल्मले रिलिजअघि नै चर्चा पाइरहेको थियो । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले प्रदर्शनको ९ दिन (दोस्रो शनिबारसम्म) देशब्यापी २ करोड ५८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यो एक्सन फिल्मको निर्माण र निर्देशकीय शैलीको यतिबेला चर्चा भैरहेको छ । यसको प्राविधिक शिल्पको दर्शकले प्रशंसा गरेका छन् । दक्षिण भारतीय फिल्म शैलीको एक्सन कोरियोग्राफी र क्राफ्ट भन्दै यसको प्रशंसा भैरहेको छ ।

यो फिल्मलाई सर्वसाधारण दर्शकमात्र होइन, नेपाली प्रहरीले पनि हल हलमा पुगेर हेरिरहेका छन् । फिल्म प्रचारको लागि निर्माता, निर्देशक र कलाकार सुदुरपश्चिम पुगेर दर्शकसँग भेटिरहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ