मङ्गलबार, पुष ०९, २०८१

गठ्ठाघरको दुर्घटनामा गम्भीरतापूर्वक छानबिन गर्नुस् : गृहमन्त्री रमेश लेखक


३२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो एक जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनाबारे चासो देखाएका छन्। गठ्ठाघर चोकनजिकै ट्रकले ठक्करबाट स्कुटर चालकको‍ मृत्यु भएको थियो। काठमाडौं उपत्यकाभित्रै यस्तो दुर्घटना भएपछि गृहमन्त्री लेखकले दुर्घटनाको कारण खोज्न सुरक्षा निकायका प्रमुखको ध्यानाकर्षण गराएका हुन्।

उनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग दुर्घटनाबारे जानकारी लिँदै दुर्घटनाको कारण खोजी गर्न भनेका छन्।

‘गठ्ठाघरको दुर्घटनामा के भएको हो? दुर्घटना हुनुमा कसैको गल्ती छ कि? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’ गृहमन्त्री लेखकले आइजिपी कुँवरलाई भनेका कुरा उद्धृत गर्दै गृह मन्त्रालय स्रोतले भन्यो।

गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको सनाखत भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय भक्तपुरले आफन्त भनिएका व्यक्तिहरू सम्पर्कमा आएको र उनीहरु बिहान ९ बजेसम्म प्रहरी कार्यालय आइपुग्ने जनाएको छ। ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading