04/14/2025, 12:11:49

हङकङमा चलिरहेको चारदेशीय ट्वान्टी -२० क्रिकेट प्रतियोगिताको नेपाल र कुवेत बीचको फाइनल खेलमा नेपाललाइ १७५ रन्को लक्ष्य


मिति २०८१ चैत्र ३१ गते आइतबार: हङकङमा संचालित हङकङ,नेपाल, कतार र कुवेत बीच चलिरहेको चारदेशीय ट्वान्टी -२० क्रिकेट प्रतियोगिताको आज फाइनल र तेश्रो स्थानको लागि आज कह हुदैछ | नेपाल र कुवेत बीच हुने फाइनल खेल नेपालले टस जित्दै फिल्डिंग रोजेको छ | ३ ओभरको खेल सकिदा बिना कुनै विकेटको क्षतिमा ४० रन बनाएर कुवेत खेलिरहेका छ |
कुवेतको पहिलो विकेट नन्दन यादवले लिएका छन् | उनले आफ्नो पहिलो ओभरमै क्लिन्टो एन्टोको विकेट लिए | एन्टोले १४ बलमा २६ रन बनाएर आउट भए |
दोश्रो विकेट पनि नन्दन यादवले लिएका छन् | कुवेत अहिले ६.३ ओभरमा २ विकेट ७१ रन बनाउदै खेली रहेको छ |
कुवेतले २० ओभर ब्याटिंग गर्दे ७ विकेटको क्षतिमा १७४ रन प्रहार गर्यो | नेपालले केहि क्षणमा ब्याटिंग गर्दै छ |
नेपालका सोमपाल कामीले ४ ओभर बलिंग गर्दै २ विकेट लिए |
कुवेतका Ravija Sandaruwan ले विस्फोटक ब्याटिंग गर्दै सर्वाधिक ६३ रनको परि खेले |
ब्याटिंगमा नेपालको कमजोर प्रदर्शन गर्दै छ | ९ ओभरको समाप्तिमा ५ विकेट गुमाउदै ५६ रनमा खेल्दैछ |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ