सोमबार, पुष ०८, २०८१

माइली साइरस डिस्नीको ‘लिजेन्ड’ उपाधि प्राप्त गर्ने सबैभन्दा कान्छी कलाकार


२९ साउन, काठमाडौँ । गायिका तथा अभिनेत्री माइली साइरस डिस्नीको ‘लिजेन्ड’ उपाधि प्राप्त गर्ने सबैभन्दा कान्छी कलाकार बनेकी छन् । उनी सन् २००६ देखि प्रसारित डिस्नीको शृङ्खला ‘हाना मोन्टाना’ बाट चर्चित बनेकी थिइन् । त्यति बेला उनको उमेर मात्र १३ वर्षको थियो ।


डी२३ फ्यान कन्भेन्सनमा भावुक बनेकी माइलीले आफू हाना मोन्टाना बनेकोमा सधैँ गर्व लाग्ने बताइन् । ३१ वर्षीया कलाकारलाई कार्यक्रममा उपस्थित १२ हजार फ्यानले उठेर ताली बजाउँदै सम्मान व्यक्त गरेका थिए । उनले हालै मात्र ‘फ्लावर्स’ का लागि पहिलो ग्रामी अवार्ड जितेकी थिइन् । उक्त गीतलाई सन् २०२३ को वर्षको उत्कृष्ट रेकर्ड चुनिएको थियो ।

माइलीसँगै स्टार वार्स र इन्डियाना जोन्सका अभिनेता ह्यारिसन फोर्ड र ओस्कार विजेता जेमी ली कर्टिसलाई पनि डिस्नी लिजेन्डको उपाधिबाट सम्मानित गरिएको थियो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading