मिति २०८१ चैत्र २७ गते, यूरोपियन च्याम्पीयन्स लिग अन्तरगतको सुपर ८ को खेलमा आर्सनलले रियल मेड्रिडलाइ ३-० ले पराजित गरेको छ |आर्सनलका राइसले २ गोल (५८ र ७० मिनेटमा) र मेरिनोले १ गोल (७५ मिनेटमा) गरे | अर्को खेलमा इटालियन क्लब इन्टरले बायर्न म्युनिखमाथि २-१ जित दर्ता गर्यो | इन्टरका मार्तिनेजले १ गोल (३८ मिनेटमा) र फ्राटेसीले १ गोल (८८ मिनेटमा) गरे भने बायर्न म्युनिखका मिलरले ८५ मिनेटमा १ गोल गरे |कुन टोलि सेमिफाइनलमा पुग्ने भन्ने अन्तिम नतिजा दोश्रो लेगको रिजल्टपछि मात्र थाहा हुन्छ |अप्रिल १६ र १७ मा दोश्रो लेग हुनेछ हुदै छ | आजको खेल बार्सिलोना र डर्टमण्ड तथा एस्टन भिल्ला र पियसजी बीच हुनेछ |