04/02/2025, 04:53:46

फुटबल

©Barcelona's Robert Lewandowski, right, celebrates after scoring during a Spanish La Liga soccer match between Barcelona and Girona in Barcelona, Spain, Sunday, March 30, 2025. (AP Photo/Joan Monfort)

स्पेनिस ला लिगा : मार्च ३० २०२५ मा ला लिगा अन्तर्गत भएको खेलहरुमा बार्सिलोनाले जिरोनालाइ ४ का बिरुद्ध १ गोलले पराजित गरेको छ, जसमा बार्सिलोना लावनडोस्कीले २ गोल गरे | लावनडोस्की ला लिगको यस सिजनको उच्च गोलकर्ता समेत हुन, उनले अहिले सम्म २५ गोल गरिसकेका छन् | भिल्ला रियलले गटाफेलाइ २-१ ले पराजित गर्यो भने , एथ्लेटिको र ओसोसुना ०-० गोलको बराबरी खेले | त्येस्तै गरि भ्यालेन्सियाले मलोर्कालाइ १-० ले पराजित गर्यो | मार्च २९, २०२५ मा भएको खेलहरुमा रियल मद्रिडले लेगानेसलाइ ३-२ ले पराजित गर्यो, जसमा केलिएन एम्बाप्पेले २ गोल गरे, अन्य खेलमा रियल सोसियाडले रियल भालाड़ोइडलाई २-१ ले पराजित गर्यो,इस्पानियोल र एथलेटिको मद्रिड १-१ को बराबरी खेले साथै रायो भालाकानोले अलाभेसलाइ २-० ले पराजित गर्यो | हाल सम्मको तालिकामा बार्सिलोना २९ खेलबाट ६६ अंक सहित पहिलो स्थानमा रहेको छ भने रियल मद्रिड ६३ अंक सहित दोश्रो स्थानमा रहेको छ |

एफ ए कप इंग्ल्याण्ड: मार्च २९ र ३० मा एफ ए कप अन्तर्गतको क्वाटर फाइनलको खेलहरु सम्प्पन भएका छन् जसमा क्रिस्टल प्यालेसले फुलहाममाथि ३-० को जित निकाल्यो, नोटेंगहम फोरेस्टले ब्राइटन लाइ पेनाल्टी शूटमा जित निकाल्यो बने एस्टन भिल्लाले प्रेस्टन नर्थ एण्ड लाइ ३-० ले हरायो साथै म्यानचेस्टर सिटीले बोर्नमाउथलाइ २-१ ले पराजित गर्यो | यस संगै एफ ए कपको सेमिफाइनलको समीकरण पुरा भएको छ |
|


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ