साउन २०, काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छाड्न आग्रह गरेको छ। यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए। ल्यामीले उक्त क्षेत्रको अवस्था द्रुत गतिमा बिग्रन सक्ने बताएका थिए।
बुधबार आफ्नो देशमा आएका हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ।
हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो। आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो।
सामाजिक सञ्जालमा पोस्ट भिडिओमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई निष्क्रिय पारेको देख्न सकिन्छ। कसैको मृत्यु भए नभएकोबारे भने केही खुलेको छैन।
जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















