साउन १७, काठमाडौं । यही शुक्रबार देशभर रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ को भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने। वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए। अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन्। नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन्।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै फिल्मका कलाकारहरू प्रवीण खतिवडा, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठलगायत कलाकारको उपस्थिति थियो। साथै निर्देशक शंकर कोइराला, छायांकार उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठसहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो।
प्रिमियर शोमा फिल्म हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्तलगायत पुगेका थिए।
प्रतिनिधि सभा सदस्य शोबिता गौतमले फिल्मको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










