बुधबार, चैत ०५, २०८१

यहि संविधानबाट बहुमत आउँदैन : कांग्रेस सभापति देउवा


६ चैत, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रम सभापति देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए । यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको उनको टिप्पणी छ । यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको देउवाको भनाइ छ ।

संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेकै हो’, उनले भने । देउवाले बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने जरुरी रहेको बताए । उनले अहिलेको संविधान धेरै राम्रो रहेको भन्दै समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोष भन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ