काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बन्न लागेको फिल्म ‘लाइफ ड्यामेज’को निर्माण घोषणा गरिएको छ । कन्टेन्ट क्रिएटरको रुपमा परिचित निमेष श्रेष्ठले यसलाई निर्देशन गर्दैछन् ।
श्रेष्ठ आफैंले अभिनेत्री सुरक्षा पन्तसँग फिल्मको शीर्ष भूमिकामा अभिनय गर्दैछन् । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा सुरक्षा र निमेशसहित फिल्मका प्रमुख कलाकार र प्राविधिक टोली उपस्थित थिए ।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिषजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय हुनेछ । यसै वर्ष रिलिज लक्ष्य राखिएको फिल्मलाई निमेष र ईशाले लेखेका हुन् ।
निमेषको यो डेब्यु फिल्म हुनेछ । फिल्मबारे उनले भने, ‘अर्काको जुत्तामा उभिंदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौं ।’
यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ।
फिल्मलाई यही वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










