मङ्गलबार, पुष ०९, २०८१

आगामी शुक्रबार विश्वास मत लिँदै प्रधानमन्त्री दाहाल, संसद् सचिवालयलाई पत्र


२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

गत असार १७ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच स्थिरता र संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनेलगायत सातबुँदे निर्णयमा हस्ताक्षर भएको थियो। एमाले र कांग्रेसले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि प्रतिनिधिसभाबाट विश्वासको मत लिइने दाहाल धारणा सार्वजनिक भएको छ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।

उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading