काठमाडौँ, ११ फागुन : एनसेलले खल्तीसँगको साझेदारीमा फ्ल्यास सेल अफर ल्याएको छ । एनसेलले आफ्ना ग्राहकका लागि खल्तीको एपमा पनि उक्त सेवा ल्याएको हो ।
यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा र टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सकिन्छ । उक्तर फागुन ११ देखि चैत ९ सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।
अफर अनुसार ग्राहकले बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्न सक्नेछन् । यसका लागि भने ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक खरिद गर्नुपर्नेछ । यसरी छानिएका प्याकमा सधैं अनअन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड छन् ।
सधैं अनका प्याकका प्याकअनुसार ग्राहकले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रुपमा पाउछन् । होम एन्ड अवेका प्याककिन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइनेछ । त्यसैगरी ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्ने एनसेलले जनाएको छ ।