शुक्रबार, फागुन ०९, २०८१

युरोपेली च्याम्पियन्स लिग : एमबापेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा


काठमाडौँ, ८ फागुनः  रियल म्याड्रिडले केयलियन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ र यससँगै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।

डिफेन्डिङ च्याम्पियनका लागि एमबापेले ४, ३३ र ६१ औं मिनेटमा तीन गोल गरे । निको गोन्जालेजले दोस्रो हाफको इन्युरी समयमा सिटीका लागि सान्त्वना गो फर्काए । यो जितसँगै दुई लेगको नकआउट प्ले–अफमा रियलले ६–३ को अग्रता लिएको छ ।

बोरुसिया डर्टमुन्ड, पीएसभी आयनहोभन र पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि अन्तिम १६ मा पुग्न सफल रहे । डर्टमुन्डले स्पोर्टिङ लिस्वनसँग गोलरहित बराबरी खेल्यो र समग्रमा ३–० को अग्रता लियो ।

आयनहोभनले भने युभेन्ट्सलाई ३–१ ले पराजित गर्दै समग्रमा ४–३ ले अगाडि रह्यो । पीएसजीले भने ब्रेस्टलाई सजिलै ७–० ले हरायो र समग्रमा १०–० ले अगाडि रहन सफल रह्यो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ