आइतबार, माघ २०, २०८१

सेयर बजार ६९.८० अंक बढे, नेप्से २७२७ अंकमा, १२ अर्ब ९५ करोडको कारोबार


काठमाडौँ, २० माघः   साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०) यताकै उच्च हो ।

साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे ।

आइतबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी छन् । उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै बजार बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading