शुक्रबार, माघ १८, २०८१

संरक्षण हुन सकेन जुम्लामा हुड्के नाच


जुम्ला, १८ माघः जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो । यहाँका आठवटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ ।

तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताउनुभयो । स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो । “हाम्रो पुस्ताले केही समय त यसको संरक्षणका लागि योगदान ग¥यौँ तर एक पक्षले मात्रै चिन्ता गरेर नहुने रहेछ । समाज र सरोकार भएकाहरूले पनि चासो राख्नुप¥यो”, उहाँले भन्नुभयो, “स्थानीय सरकार वडापालिका र गाउँपालिकालाई संरक्षणका लागि माग राखे पनि त्यसको सुनुवाइ भएन ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नाच संरक्षणका बारेमा स्थानीयको गुनासोबारे जानकारी प्राप्त भएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसलाई सम्बोधन गरिन प्रतिबद्धता व्यक्त गर्नुभयो । तिला गाउँपालिका–१ का अध्यक्ष जङ्गबहादुर बस्नेत सरकार मात्र नभई नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा पनि नाच लोप हुन थालेको बताउनुहुन्छ । आगामी आर्थिक वर्षमा आफ्नो क्षेत्रमा यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading