बिहिबार, माघ १०, २०८१

सेयर बजार ११.१० अंक घटे, नेप्से २६५४ अंकमा, ७ अर्ब ८५ करोडको कारोबार


१० माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।

८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।  बैंकिङ ०.६१, फाइनान्स २.४३, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.०१, लगानी ०.७९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशत घटे ।

३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढ्यो ।

सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानाकी फाइनान्सको ७.४७, पोखरा फाइनान्सको ५.७४ तथा नेपाल फाइनान्सको ४.७४ प्रतिशत मूल्य घट्यो ।  कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading