१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार अप्राकृतिक रूपमा जन्मिएकोले धेरै लामो समय नजाने बताए । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले आफूहरूले अहिले सक्रिय भएर सरकार ढाल्न नलागेको बताए ।
‘हामी अहिले प्रतिपक्षी भएर जनताको माझ गएका छौं, तत्काल हामी यही भूमिकामा ठीक छौं । हामी मात्रै हैन, सरकारविरुद्ध प्रतिपक्षी दलहरू मात्रै नभएर सत्तामा रहेका दलहरू नै विरोधमा उत्रिएको छन्, हामी अहिले प्रतिपक्षी भएर जनताको माझ गएका छौं, तत्काल हामी यही भूमिकामा ठीक छौं भन्ने लागेको छ,’ अध्यक्ष प्रचण्डले भने । उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन् । संसद् आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप उनले लगाए । सरकारले नियमित रूपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरेको उनले बताए । उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















