बुधबार, माघ ०९, २०८१

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ


काठमाडौँ, ९ माघ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गर्नुभएमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गर्नुभएको छ ।

रुसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भन्नुभयो, “यस्तो हुनसक्ने सम्भावना छ ।

सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गर्नुभएको थियो । यसबाट उहाँले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो ।

पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले सोमबार रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भन्नुभयो । “मलाई लाग्छ उहाँले सम्झौता नगरी रुसलाई नष्ट गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading