काठमाडौँ, ६ माघः काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने जनाएको छ । वडा १७ ले फागुन १० देखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने जानकारी दिएको हो ।
प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा बाह्य पर्यटक दुवै लागि अवलोकन उपयुक्त स्थान रहेको बताउँदै वडाले उक्त महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
स्वयम्भू महाचैत्य र महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा महत्त्वपूर्ण रहेको वडाले जनाएको छ । यसैगरी शक्तिपीठमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान भएको वडाले जनाएको छ ।