शुक्रबार, पुष २६, २०८१

लोकपप ब्याण्ड ‘कन्दरा’ जनवरी १७ मा कतार र १८ मा दुबईमा गुञ्जिने


काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दरा यतिबेला विश्व टूरमा निस्किएको छ । ब्याण्डले गतसाता बेलायतको प्रसिद्ध ओटु एरिनामा ऐतिहासिक प्रस्तुति दियो । त्यसपछि ब्याण्डले जनवरी ११ मा युएईको दुबई र १२ मा अबुधाबीमा प्रस्तुति दिने तय थियो । तर, पूर्वनिर्धारित कन्सर्ट स्थगित भएको कन्दराले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शुक्रबार कन्सर्टको नयाँ मिति घोषणा गरिएको छ ।

अब यो लोकप्रिय ब्याण्ड नेपाली समुदायको बाक्लो बसोबास रहेको युएईको दुबईमा १८ जनवरीमा गुञ्जिनेछ । त्यहाँको बरदुबईस्थित क्लब एसके सेभेनमा ब्याण्डले प्रस्तुति दिन लागेको हो । युबीओसी हस्पिटालिटीले कन्सर्ट आयोजना गरेको हो ।

अबुधाबी कन्सर्ट रद्द भएको छ । युएईमा प्रस्तुति दिएको एकदिनअघि ब्याण्ड जनवरी १७ मा नेपाली श्रमिकको बसोबास रहेको कतारमा गुञ्जिनेछ । कतार कन्सर्टको समेत सबै तयारी पुरा भएको छ ।

अहिले कन्दरा ‘पहिला घरदेश अनि परदेश’ नारासहित विश्व भ्रमणमा छ । कतारपछि ब्याण्डले हङकङमा प्रस्तुति दिने तय छ । त्यसपछि मार्च-अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुन क्यानडा र जुलाई-अगस्टमा युरोप, अगस्ट-सेप्टेम्बरमा जापानमा प्रस्तुति दिने जनाइएको छ ।

कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ३२ वर्षे सांगीतिक उत्सवका रुपमा सन् २०२५ भरि ब्याण्डले विश्व टूर गर्न लागेको हो ।

ब्याण्डले पोखरा र काठमाडौंमा प्रस्तुति दिइसकेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading