धनगढी, २१ पुस : सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन थालेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले संयुक्त रुपमा आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीलाई निःशुल्क रगत उपलब्ध गराई उक्त सेवाको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रमबमोजिम निःशुल्क रगत उपलब्ध गराउने काम सुरु गरिएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नौ सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगतको खाँचो भए निःशुल्क रुपमा उपलब्ध गराउने गरी काम अघि बढेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको छ, रेडक्रसले लिने रगतको शुल्क प्रदेश सरकारले व्यहोेर्ने गरी अस्पतालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइनेछ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














