मङ्गलबार, पुष २३, २०८१

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने


काठमाडौँ, २१ पुसः  दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्नुहुनेभएको छ ।

विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक’ प्रबद्र्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्नुहुने बताउनुभएको छ ।  अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्रीे ब्लिन्केनले जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्नुहुनेछ ।

विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली गठबन्धनलाई पुनः पुष्टि गर्न र हाम्रा साझा मूल्यमान्यतामा आधारित विश्वका चुनौतीहरूमा हाम्रा महत्वपूर्ण सहयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ। “संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका लागि जापानसँग त्रिपक्षीय प्रयासलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि विदेशमन्त्रीले छलफल गर्नुहुनेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

जापानमा विदेशमन्त्री ब्लिन्केनले जापान सरकारका वरिष्ठ अधिकारीसँग अमेरिका–जापान गठबन्धनले पछिल्ला केही वर्षमा हासिल गरेको प्रगतिको समीक्षा गर्नेछन्।

विदेशमन्त्री ब्लिन्केनले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूको एक श्रृङ्खलालाई सम्बोधन गर्न गठबन्धनको महत्वलाई पुनः पुष्टि गर्नुहुनेछ र अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सहयोगको गतिलाई जारी राख्नुहुनेछ। फ्रान्समा विदेशमन्त्री ब्लिन्केनले युरोप, मध्यपूर्व र त्यसभन्दा बाहिरका चुनौतीहरूको सामना गर्न अमेरिकी साझेदारीको एक भागको रूपमा फ्रान्सका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ।

यसैबीच, ब्लिन्केनले शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीसँग पनि कुराकानी गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “विदेशमन्त्री ब्लिन्केन र उहाँका इजिप्टका समकक्षीले गाजामा बन्धकहरूको रिहाई, मानवीय सहायताको प्रवाह बढाउने र युद्धको अन्त्य गर्ने युद्धविरामका लागि जारी प्रयासको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन्। उनीहरुले सिरियाको अवस्थाबारे पनि थप छलफल गरेका छन्।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading