शनिबार, पुष २०, २०८१

नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरइआईमा प्रस्ताव लैजानुपर्छ : पूर्वप्रधानमन्त्री खनाल


काठमाडौँ, १७ पुस : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आज नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बिआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बिआरआई नेपालको हितमा रहेको प्रष्ट पार्नुभयो ।

बिआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बिआरआईका परियोजना अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।

उहाँले बिआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरूरी रहेको बताउनुभयो । दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरूरी रहेको औँल्याउँदै उहाँले बिआरआईलाई विवादको विषय नबनाउन अनुरोध गर्नुभयो ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बिआरआईभित्र परेको जानकारी गराउँदै उहाँले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिनुभयो । एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उहाँले विश्वव्यापी रूपमा भइरहेको विकासले बिआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टी भएको दाबी गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading