आइतबार, पुष १४, २०८१

श्रीलङ्कामा ‘एकीकृत निगरानी महाशाखा’ स्थापना गर्न श्रीलङ्काका राष्ट्रपति दिसानायकेको आग्रह


काठमाडौँ, १३ पुसः  श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विमानस्थल तथा श्रीलङ्का भन्सारका अधिकारीहरूलाई लागुऔषध तस्करी, भ्रष्टाचार र अवैध आप्रवासनलाई रोक्न एकीकृत निगरानी महाशाखा स्थापना गर्न आग्रह गर्नुभएको छ ।

अनुगमन महाशाखाले अन्य प्रतिबन्धित वस्तुको प्रवेश रोक्न, विमानस्थल तथा भन्सारमा हुने अनियमितता र देशबाट व्यक्तिको अनाधिकृत निकासीमा पनि ध्यान दिनुपर्ने राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।  शनिबार अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार, विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँगको भेटमा राष्ट्रपतिले सो कुरा बताउनुभयो ।

राष्ट्रपतिले अहिलेको स्क्यानिङ उपकरणलाई अत्याधुनिक स्क्यानरले प्रतिस्थापन गर्न आह्वान गर्दै तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading