८ पुस, काठमाडौं । लिभिङ विथ आइसिटीले ह्यात रिजेन्सी काठमाडौँमा आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा यसवर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौँ विश्वबिद्यालयका सस्थापाक प्रा.डा. सुरेशराज शर्मालाई प्रदान गरिएको छ । विभिन्न १५ विधामा आइसिटी अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ अवार्ड प्रदान गरिएको आइसिटी अवार्ड मूल समारोह समितिका अध्यक्ष राजन लम्सालले बताए ।
आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियासिल यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए। लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।
यी हुन् इनड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू
- इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड: क्रिमसन टेक
- प्रडक्ट आइसिटी अवार्ड: एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)
- राइजिङ स्टार आइसिटी अवार्ड: स्पिकअप नेपाल
- द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्डः जियोकृषि
- हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : ज्याप सर्भिसेस
- डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): एलआरआई स्कुल, काठमाडौं
- डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सुकुना माध्यमिक विद्यालय, मोरङ
- एनसेल वुमन आइकन आइसिटी अवार्ड: बन्दना शर्मा
- पायोनियर आइसिटी अवार्ड: प्रा.डा. सुरेशराज शर्मा
- आन्टरप्रेनर आइसिटी अवार्ड: मनोहर अधिकारी
- नेपाली डायस्पोरा आइसिटी अवार्ड: नामी बराल
- डिजिटल सर्भिसेस आइसिटी अवार्ड: आईएमई पे
- डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: सर्वोच्च अदालत
- साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: हाइफेन एससीएस (भारत)
सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) :
डेल्टा टेक, तेजस टेक, अभियान्त्रिक कर्मशाला, आकाश डिजिटल, निन्जा इन्फोसिस, बिजनेश अनलाइन सर्भिस र फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर