सोमबार, पुष ०८, २०८१

श्रीलङ्काली नौसेनाले १०० रोहिङ्ग्या शरणार्थीको नौकालाई सहयोग गर्ने


काठमाडौँ, ४ पुसः श्रीलङ्काको नौसेनाले बिहीबार हिन्द महासागरको टापुमा माछा मार्ने ट्रलरमा फसेका युद्धग्रस्त म्यानमाबाट आएका करिब एक सय रोहिङ्ग्या शरणार्थीको समूहलाई सहयोग गर्न गइरहेको बताएको छ ।

धेरैजसो मुस्लिम जातीय रोहिङ्ग्याहरूलाई म्यानमामा व्यापक रूपमा दमन गरिन्छ र हजारौँले प्रत्येक वर्ष लामो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्छन् । अधिकांश दक्षिणपूर्व मलेसिया वा इन्डोनेसिया तर्फ जान्छन् । तर बिहीबार बिहान श्रीलङ्काको उत्तरी तटमा मुल्लिभाइक्कलमा माछा मार्नेहरूले बगिरहेको ट्रलर देखेको नौसेनाले जनाएको छ ।

असामान्य भए पनि म्यानमाको दक्षिणपश्चिममा करिब एक हजार सात सय ५० किलोमिटर खुला समुद्र पार गरेर श्रीलङ्कामा जाने यो पहिलो डुङ्गा होइन । श्रीलङ्काली नौसेनाले डिसेम्बर सन् २०२२ मा आफ्नो किनारमा डुङ्गामा सङ्कटमा परेका एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई उद्धार गरेको थियो ।

सन् २०१७ मा सेनाले गरेको दमनका क्रममा लाखौँ रोहिङ्ग्या म्यानमाबाट छिमेकी बङ्गलादेशमा भागेका थिए । यो अहिले संयुक्त राष्ट्रसङ्घको नरसंहार अदालतको मुद्दाको विषय बनेको छ । म्यानमाको सेनाले सन् २०२१ को विद्रोहमा सत्ता कब्जा गरेको थियो र त्यसबेलादेखि चलिरहेको युद्धले लाखौँलाई भाग्न बाध्य पारेको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घले धेरै रोहिङ्ग्याको ऐतिहासिक मातृभूमि म्यानमाको राखाइन राज्य अनिकालतिर गइरहेको चेतावनी दिएको थियो । त्यहाँ हिंसात्मक झडपहरूले व्यापार र कृषि उत्पादनलाई कम गरिरहेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading