सोमबार, पुष ०८, २०८१

मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास हुँदैन : श्रममन्त्री भण्डारी


काठमाडौँ, ३ पुसः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास नहुने बताउनुभएको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ मूल समारोह समितिद्वारा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकका रूपमा मनाउन लागिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा सिकेर आएकासँग ज्ञान छ, क्षमता छ, उनीहरूको ज्ञानलाई उपयोग गरेर मुलुकको विकासमा लगाउनुपर्छ ।

‘सुरक्षित आप्रवासनको आधार, सूचना, सीपसहितको रोजगार’ भन्ने मूल नाराका साथ मन्त्रालयले साताव्यापीरूपमा दिवस मनाइरहेको छ । मन्त्री भण्डारीले सारा युवा पलायन भइसके, मुलुक खाली भइसक्यो भन्ने भाष्य तथ्याङ्कले स्थापित नहुने दाबी गर्नुभयो ।

उहाँले कैयौँ युवा विदेशबाट सीप सिकेर मुलुकमा उदाहरणीय काम गरिरहेको र सीप सिकेर गएकाले विदेशमा पनि राम्रो काम गरिरहेको बताउनुभयो । विदेशबाट फर्किएकाहरु विभिन्न रोगबाट प्रभावित रहेको उल्लेख गर्दै त्यस विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्टका आधारमा टेलिमेडिसिनलगायतका कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले मौद्रिक नीतिमार्फत सरकारले वैदेशिक रोजगारीमा बिना धितो ऋण दिने घोषणा गरिएको र त्यसका लागि कार्यनीति बन्दै गरेको जानकारी गराउनुभयो । उहाँले अनलाइबाट श्रम स्वीकृति दिने व्यवस्थालाई उच्च प्राथमिकता दिन पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले हाल एक सय ११ मुलुकमा नेपाली गएको बताउँदै वैदेशिक रोजगारीले ग्रामिण क्षेत्रको जिविकोपार्जनमा सुधार, शिक्षा, स्वास्थ्य र घरजग्गा लगानीमा बढोत्तरी भए पनि श्रमशक्ति घटाएको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading