काठमाडौँ, १ पुस : श्रीलङ्काको राष्ट्रिय निर्माण अनुसन्धान सङ्गठन (एनबीआरओ) ले सोमबार चार जिल्लाका धेरै क्षेत्रमा पहिरोको प्रारम्भिक चेतावनी जारी गरेको छ । श्रीलङ्काका केही भागमा भारी वर्षा जारी रहेपछि चेतावनी जारी गरिएको एनबीआरओले जनाएको छ ।
एनबीआरआले मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा बडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाहरूमा धेरै डिभिजनल सचिवालय र वरपरका क्षेत्रहरूमा पहिरो जानसक्न प्रारम्भिक चेतावनी जारी गरेको छ ।
यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी बङ्गालको खाडीको समुन्द्रमा विद्यमान अशान्तिका कारण वर्षा भएको जनाएको छ ।