काठमाडौँ,१७ मङ्सिर : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रू छ लाख ३८ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–१५ वस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषा धनुषाधाम नगरपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने ३६ वर्षीय राजकुमार महरा र मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–३ घर भई हाल काठमाडौँं महानगरपालिका–१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट रू तीन लाख ४८ हजार, राजकुमारले कुवेत पठाइदिने भन्दै अर्का एक जनाबाट रू एकलाख ९० हजार तथा चन्द्रले माल्टा पठाइदिने भन्दै अर्का एकजना पीडितबाट रू एक लाख लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानतथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













