२८ कात्तिक, काठमाडौं । बक्यौता रहेको भन्दै लाइन काटिएका उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली जोडिदिएको छ। काटिएका सबै उद्योगको लाइन जोडिएको विद्युत् प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
यसैबीच विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आज (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। उनका अनुसार आज दिउँसो २ बजे रत्नपार्कस्थित विद्युत प्राधिकरणकै सभाहलमा पत्रकार सम्मेलन गरिने भएको हो। यसमा सहभागी हुन घिसिङले पत्रकारहरूलाई अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












